समाचार
मे ३ अर्थात 'प्रेस स्वतन्त्रता दिवस' मा छलफल गर्दै पत्रकारहरु
2026-05-03
FNJ Admin
797 पटक पढिएको
FNJ Admin द्वारा अपडेट गरिएको
पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका व्यक्त गरेका छन् । हरेक वर्ष मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको 'सरकारको विभेदकारी विज्ञापन नीति बनाम प्रेस स्वतन्त्रताः अबको बाटो ?' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकारहरुले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारशिला भएको भन्दै लोकतन्त्रमा सरकार प्रेसमाथि अनुदार बन्ने परिकल्पना नै गर्न नसकिने बताए ।