समाचार
पत्रकारका लागि निःशुल्क नाक, कान तथा घाँटी जाँच शिविर
2026-06-27
FNJ Admin
825 पटक पढिएको
बाँकेका पत्रकारहरूको नाक, कान तथा घाँटी (ईएनटी) सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा ओलस्का रामारोशन क्लिनिक, नेपालगञ्जको सहकार्यमा महासंघको कार्यालयमा आयोजित शिविरमा पत्रकारहरूको नाक, कान तथा घाँटी परीक्षण गरिएको हो ।