प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठक (२०८२ चैत ३ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८३ सालको आफ्नै भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरिएको छ ।

WCM_2082_12_02.pdf

PDF • 39.26 KB

डाउनलोड गर्नुहोस्
नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८२ चैत ३ गते मंगलबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
निर्णयहरूः
१. नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८३ सालको आफ्नै भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरिएको छ । त्यसका लागि शाखा उपाध्यक्ष तिलक गाउँलेको संयोजकत्वमा शाखा सहसचिव रबिन्द्रसिंह ठकुरी, भगतराम थारू, कोषाध्यक्ष सुनिल रेग्मी, शाखाका कार्यसमिति सदस्यहरू शम्भुप्रसाद थारू, सलामत अली शेष र रजनी कुमारी योगी सदस्य रहने गरी ‘भित्तेपात्रो प्रकाशन समिति’ गठन गर्ने निर्णय गरिएको छ ।
२. नेपाल पत्रकार महासंघ बाँके शाखालाई चालू आर्थिक वर्षका लागि स्थानीय सरकार तथा अन्य सरकारी निकायहरूले विभिन्न शिर्षकमा विनियोजन गरेको बजेट कार्यान्वयनका लागि अग्रसरता लिने निर्णय गरिएको छ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-03-18 10:45

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

गाभर बैठकका निर्णयः २०८३ असार ३१

पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध