प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठकका निर्णय (२०८३ बैशाख ११ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारणसभा २०८३ जेठ ९ गते शनिबार आयोजना गर्ने निर्णय गरिएको छ ।

WCM Banke_2083-01-11.pdf

PDF • 131.09 KB

डाउनलोड गर्नुहोस्
नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८३ वैशाख ११ गते शुक्रबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।

निर्णयहरूः
१. नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारणसभा २०८३ जेठ ९ गते शनिबार आयोजना गर्ने निर्णय गरिएको छ । यसका लागि आवश्यक तयारी अगाडि बढाउने निर्णय गरिएको छ ।
२. यस जिल्ला शाखामा स्थापना गरिएका विभिन्न अक्षयकोष अन्तर्गतका पत्रकारिता पुरस्कारहरू साधारणसभामा वितरण गरिने भएकाले बाँके जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चार संस्थाहरूलाई आवेदन दिन आह्वान गर्ने निर्णय गरिएको छ ।
३. वि.सं. २०८१ र २०८२ को सदस्यता नवीकरण नगरेका शाखाका साधारण सदस्यहरूलाई यही वैशाख मसान्तभित्र अनिवार्य रूपमा नवीकरण गर्न आह्वान गर्ने निर्णय गरिएको छ । नवीकरण नगरेका सदस्यहरूलाई साधारणसभामा सहभागी गराउन शाखा बाध्य हुनेछैन ।

कृष्ण ओली
सचिव
प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-04-25 05:54

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके

महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठक (२०८२ चैत ३ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८३ सालको आफ्नै भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध