प्रेस विज्ञप्ति

कार्यसमितिको २९औं बैठकका निर्णयः मंसिर ८ गते

29th Meeting_DWC.pdf

PDF • 163.8 KB

डाउनलोड गर्नुहोस्
प्रेस विज्ञप्ति
शुक्रबार साँझ काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूमाथि प्रहरीले गरेको धरपकड, दुव्र्यवहार र नियन्त्रणमा लिने कार्यप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता राज्यको कृपाको विषय होइन, संविधान प्रदत्त मौलिक अधिकार हो । स्वतन्त्र प्रेसको आवाज दबाउने, पत्रकारलाई त्रसित बनाउने र समाचार संकलन तथा सम्प्रेषणको अधिकारमाथि अंकुश लगाउने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म विपरीत छ । पत्रकारमाथि राज्यशक्तिको दुरुपयोग गर्दै गरिएको यस्तो बर्बर व्यवहारले सरकारको लोकतान्त्रिक प्रतिबद्धता र चरित्रमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
स्वतन्त्र पत्रकारिताको विश्वसनीयतामाथि आँच पु¥याउने, भ्रम सिर्जना गर्ने तथा पत्रकारलाई नै दोषी देखाउने प्रकृतिका घटनाक्रमप्रति पनि राज्य गम्भीर हुन आवश्यक छ । पछिल्लो घटनाको वास्तविकता के हो, पत्रकारमाथि धरपकड गर्नुको कारण के थियो र त्यसक्रममा कसले के भूमिका निर्वाह ग¥यो भन्ने विषयमा निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन हुनुपर्छ । घटनाको सत्यतथ्य सार्वजनिक गरी समग्र पत्रकारिता क्षेत्रलाई आश्वस्त पार्नु राज्यको दायित्व हो ।
राज्यका जिम्मेवार निकायहरूले एकअर्कामाथि जिम्मेवारी पन्छाउने, घटनाबारे अनभिज्ञता प्रकट गर्ने वा गम्भीर विषयलाई सामान्यीकरण गर्दै नजरअन्दाज गर्ने प्रवृत्ति कदापी स्वीकार्य हुन सक्दैन । पत्रकारमाथि भएको धरपकडलाई सामान्य प्रशासनिक घटनाका रूपमा व्याख्या गरेर उम्कने छुट कसैलाई छैन । दोषीमाथि कारबाही र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने ठोस प्रतिबद्धता आवश्यक छ ।
नेपाल पत्रकार महासंघ बाँके स्पष्ट पार्दछ– पत्रकारमाथिको आक्रमण केवल व्यक्तिमाथिको आक्रमण होइन, यो नागरिकको सुसूचित हुने अधिकार र लोकतन्त्रको आधार स्तम्भ मानिने स्वतन्त्र प्रेसमाथिकै आक्रमण हो ।
प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघ बाँके सदैव दृढतापूर्वक उभिनेछ । आवश्यक परे प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि हुने हरेक आन्दोलन र संघर्षमा महासंघ बाँके शाखाको सक्रिय सहभागिता र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-11-27 06:11

अन्य प्रेस विज्ञप्तिहरू