प्रेस विज्ञप्ति

कार्यसमिति बैठक

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८२ असोज २ गते बिहीबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८२ असोज २ गते बिहीबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
निर्णयहरूः
१.नेपालीहरूका महान् पर्व विजयादशमी, दिपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा असोज ८ गतेका दिन शाखाको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।
२. नेपाल पत्रकार महासंघ बाँके शाखाले निर्माण गरेको आफ्नो ‘वेबसाइट’ असोज ८ गते शुभारम्भ गर्ने निर्णय गरिएको छ ।
३. २०८१ र २०८२ सालको सदस्यता नवीकरण गर्नुभएका शाखाका १८७ जना साधारण सदस्यहरूको नवीकरण विवरण प्रदेश समितिमा पठाउने तथा सदस्यता शुल्क विधान बमोजिम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको खातामा दाखिला गर्ने निर्णय गरिएको छ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2025-08-02 03:41

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

गाभर बैठकका निर्णयः २०८३ असार ३१

पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध